Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • १०. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ ७ –
चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले विषदीको प्रयोग बढ्नुका साथै अनियन्त्रित प्रयोग भइरहेको बताए । नेपालमा धेरै जसो तरकारीमा अनियन्त्रित विषादीको प्रयोग गरिएको विज्ञहरुको भनाइ छ ।

विषादी छर्दा किसान आफै पनि सुरक्षित नभई छर्ने गरेको बताउँदै कृषि विज्ञहरुले किसानमा अझै पनि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको विज्ञहरुको तर्क छ । विषादीको जथाभावी बिक्रि वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।

किसानले वर्षेनी विषदीको प्रयोगको मात्रा बढाउँदै लगेको बताउँदै विज्ञहरुले यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकरात्मक प्रभाव पारिरहेको बताए ।

युवा पुस्ता कृषिलाई अंगाल्न तयार नै नहुनु, कृषि पढेका विद्यार्थीले पनि विदेश नै प्रमुख रोजाइ बनाउनुले अब नेपालमा कृषि क्षेत्र विकास गर्न निकै चुनौती हुने संकेत देखिएको भन्दै विज्ञहरुले यसतर्फ बेलैमा सचेत हुन सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्राडा शारदा थपलियाले अहिले प्रयोग भइराखेको विषादी र औषधीले काम नगर्ने अवस्था आएको बताइन् । त्यसकारण किसानले कडा विषादी खोज्ने गरेको र नपाएको खण्डमा भएको विषदीलाई कडा बनाउने नाममा अत्याधिक प्रयोग गरिरहेको उनको भनाइ छ । एउटा विषदीको प्रयोग गरिरहँदा त्यसलाई सहन गर्न सक्ने प्रणाली किरामा विकास हुने बताउँदै उनले त्यस्तो अवस्थामा विषदीको मात्र बढाउने नभई विषदीको परिवर्तन गर्नुपर्ने बताइन् । नयाँ विषादीको अनुसन्धान र प्रयोग एवम् विषादी न्यूनिकरणका लागि विश्वविद्यालयले काम गरिरहेको उनको भनाइ थियो ।

उनले चितवनमा कृषि विकासको प्रचुर संभावना रहेको बताउँदै विश्वविद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताइन् ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकास श्रेष्ठले युवा र महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । जसका लागि बागमती प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने कार्यक्रम ल्याउन लागेको बताए ।

कृषि विद्यार्थीहरुलाई कृषि उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्यार्थीलाई पनि ऋण उपलब्ध गराउने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने आवश्यकतालाई मनन गर्दै प्रदेश सरकार प्राङ्गारिक कारखना स्थापना गर्नतर्फ अगाडि बढेको उनको भनाइ छ । एक्कासी रासायनिक मल र रासायनिक विषादीलाई त्यागि हाल्न नसकिने बताउँदै उनले यसलाई व्यवस्थित र न्यूनिकरण गर्दै प्राङ्गारिकलाई बढाउँदै लैजानुपर्ने बताए ।

 

विषादीको अनियन्त्रित प्रयोगलाई रोक्न प्रदेश सरकारले ऐन नै बनाएर अघि बढ्ने उनको भनाइ छ । विषादीको प्रयोगपछि विषादी नष्ट गर्ने विधि नेपालमा नरहेको बताउँदै यो प्रविधि पनि भित्र्याउन आवश्यक रहेको उनी बताउँछन् ।

गोष्ठी कार्यक्रमका अन्य वक्ताहरु बागमती प्रदेशका पूर्व मन्त्री एवम् चितवन जिल्ला गुरुयोजना समिति संयोजक विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेल, उद्योग वाणिज्य संघ (उवासंघ) चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडीले पनि विषादीको अनियन्त्रित प्रयोग रोक्नुपर्नेमा जोड दिएका थिए ।

उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले गोष्ठीमा सहभागीलाई स्वागत गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गोष्ठी सञ्चालन गरेका थिए ।

चितवन महोत्सव कृषि प्रवद्र्धन समिति संयोजक मकुन्द प्रसाद गौतमले कृषि विकास र रासायनिक विषादीको न्यूनिकरणमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै गोष्ठीको समापन गरेका थिए ।
गोष्ठीमा कृषिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, कृषक समुहका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ
सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन
मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

ताजा समाचार

सबै

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.