विराटनगर, माघ ४
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ ।
झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो ।
कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार कार्यक्रमबाट फर्किँदै गरेका थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन्।
पूर्वमुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्केको सचिव हुमागाईंले जानकारी दिए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार