काठमाडाैं, माघ ५ –
नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई रहेका छन् ।
कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्टा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएका थिए ।
पीडितको उजुरीपछि कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।






