काठमाडौँ, ४ माघ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । “केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ,” पत्रमा भनिएको छ ।