Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २२, २०८२
☰
Logo आइतबार, चैत २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

रैथाने उत्पादनबाटै मनग्य आम्दानी

धरान, माघ ४ –
धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् ।
उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ। नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरुबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उनी बताउँछन् ।

केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएर त्यहाँबाट सिकेको सीपको उपयोग गर्दै उनले उद्योग सञ्चालन गरेका हुन् । उनले ७ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहेका छन् ।

२५–३० हजारको लगानीमा सुरु गरेको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

उनले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरुमा महिलालाई प्रशिक्षित गराएका छन् । उनले इटहरी, उदयपुर, धनकुटालगायत ठाउँहरुमा तालिमहरु दिइसकेका छन् ।

महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उनी बताउँछन् । उनले भने, ‘गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ।’

सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।

अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उनले बताएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरुप्रति उपभोक्ताहरुको आकर्षण बढेको छ ।

किबीको व्यावसायिक खेती

पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आएका छन् । उनले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आएका छन् । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रुपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उनले बताए ।

उनले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै एक करोड बराबरको लगानी गरिसकेका छन् । उनले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन् भने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी उत्पादन गरेका छन् ।

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उनको भनाइ छ। उनी भन्छन्, ‘कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ।’

उनी धरान एक्स्पोमा किबीको व्यापार गर्दै आएका छन् । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ। लावतीले अहिले एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किबीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएको छ।

सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेका कारण विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरुमा पुगेर आफ्ना उत्पादनहरु बिक्रीका लागि लैजाने गरेको उनले बताए ।

यस्ता मेला, महोत्सवहरुमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरको उनको भनाइ छ। उनले भने, ‘दुर्गम ठाउँहरुमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरुको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पुर्‍याउन सकिएमा बजारको समस्या हुने थिएन।’

लावतीले भने, ‘किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरु सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ।’

उनले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गरेका छन् । उनको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरु पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरुमा समेत बिक्री हुने गरेको छ ।

सक्खरको गुलियो व्यापार

विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहनुभएका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको धरान एक्स्पो निकै फाइदाजनक बन्यो। उनी सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउँछन् । लामो समयसम्म सुँगुरपालन र दानाखेती गर्दै आएका उनी २० वर्षदेखि सक्खरको व्यापारमा लागेका छन् ।

अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुच्चो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्छन् ।

सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गरेको गर्दछ । नौ महिनामा मात्र उनले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट रु १२ लाखसम्म आम्दानी भएको उनको भनाइ छ।

सक्खर बनाउनका लागि मात्र उनले अहिले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आएका छन् । उनले भने, ‘सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ।’

उनको फार्ममा बास्नादार र शुद्ध सादा गरी दुई किसिमको सक्खर पाइन्छ । बास्नादार सक्खर बनाउँदा ल्वाङ, सुकुमेल, गरम मसला र नरिवल हालेर बनाउने गरिन्छ भने शुद्ध सादामा केही नहाली बनाइएको हुन्छ। उनले सादा सक्खर अहिले प्रतिकेजी रु दुई सय र बास्नादार सक्खर रु पाँच सयमा बिक्री भइरहेको बताउँछन् ।

उनका अनुसार सक्खर किन्नका लागि धेरैजसो व्यापारी फार्ममै पुग्ने गरेका छन् भने कतिपयले फोनबाट माग गर्दछन् । फार्मबाट बिक्री गर्नुभन्दा मेला, महोत्सवमा बिक्री गर्दा बढी फाइदा हुने गरेको उनको भनाइ छ ।

पछिल्लो समय धेरै मानिसमा मधुमेहको समस्या देखिएकाले पनि चिनीको सट्टा सक्खरको प्रयोग गर्न थालेपछि यसको व्यापार बढेको उनको भनाइ छ। उनले उत्पादन गरेको सक्खर सुनसरी, धनकुटा, मोरङ, विराटनगर, झापा, काठमाडौँ, पोखरालगायत ठाउँमा बिक्री हुने गरेको छ ।

एक्स्पोमा सक्खर किन्न आउनुभएका धरानका साजन उदास पछिल्लो समय गुलियो पारखीहरुका लागि सक्खर निकै लाभदायी भएको बताए । उनले भने, ‘चिनीको प्रयोग गर्दा विभिन्न किसिमका रोग लाग्ने गरेकाले सक्खरको प्रयोग गर्न थालेको हुँ।’ सक्खरलाई चिनीको सट्टा चिया, रोटीलगायत अन्य परिकारहरुमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

एक्स्पोले गरायो बजारीकरण

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना, स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकारको सहयोगमा सुरु भएको धरान एक्स्पोबाट स्थानीय किसानका साथै उपभोक्ताहरु लाभान्वित भएका छन् ।

व्यापार–व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा हस्तकलाका सामग्री, कृषिजन्य उत्पादनहरु राखिएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘एक्स्पोमा विषादीयुक्त तरकारीका साथै कृषि उपजको आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेको स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर एक्स्पोको आयोजना गरिएको हो।’

एक्स्पोमा स्थानीय उत्पादन र किसानलाई अग्र्यानिक उत्पादनमा जोड दिँदै बिक्री कक्षहरु राखेर प्राविधिक सहयोग गर्दै आएको धरान एक्स्पो अनुगमन समितिको संयोजक जयप्रकाश शर्माले बताए । स्थानीय निकायमा भएका सानादेखि ठूला उद्योगबाट उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिएको एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठ बताउँछन् ।

एक्स्पोमा राखिएका एक सय ४२ वटा स्टलमा कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, तयारी कपडा, घरेलु सामान प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् ।

एक्स्पोमा कोशी प्रदेशका विभिन्न जिल्लाहरु र छिमेकी दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट अवलोकन तथा व्यापार–व्यवसायका लागि आउने मानिसको भीड लागेको छ । एक्सो गत पुस २५ गतेदेखि सुरु भई यही माघ ५ गतेसम्म सञ्चालन भइरहेको छ । – रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.