काठमाडौंँ, ३ माघः
हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई नियन्त्रणमा लिएको छ ।
गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो ।
सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो ।
तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।