खाँदबारी (सङ्खुवासभा), २ माघः
यहाँको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ ।
आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो ।
नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।






