काठमाडौँ, माघ २ –
काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दनको तौल मापन गरिएको छ । प्रहरी स्रोतका अनुसार आज (बुधबार) मापन गरिएको रक्तचन्दनको तौल चार क्विन्टल भन्दा बढी रहेको पाइएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।






