चितवन, पुस-
नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगरपालिकाको तेस्रो अधिवेशनले बिष्णु प्रसाद सापकोटाको अध्यक्षमा पदाधिकारी सहित ५१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।
संगठनका अध्यक्ष दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि संगठनका केन्द्रिय कोषाध्यक्ष सूर्यराज बराल, बिशिष्ट अतिथि संगठन बागमती प्रदेश महासचिव पुर्ण पुरी, पुर्व महासचिव रमाकान्त सापकोटा, चितवनका अध्यक्ष तेजेन्द्र प्रसाद भुसाल लगाएको उपस्थिति रहेको थियो ।
अधिवेशनमा अध्यक्ष दुर्गा प्रसाद सापकोटाको मन्तव्य, सह सचिब बिनिता श्रेष्ठले नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष यमुना प्रकाश बरालबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो।
अधिबेशनबाट महिला उपाध्यक्ष बिनिता श्रेष्ठ, उपाध्यक्ष टंक प्रसाद न्यौपाने, सचिब खिल बहादुर बस्नेत, सहसचिव शान्ति कुमारी तिवारी, कोषाध्यक्ष सन्दिप सुवेदी, सह कोषाध्यक्ष देवकी पराजुली रहेका छन् ।
नयाँ कार्यसमितिले आजै पद तथा गोपनियताको सपथ खाएको अध्यक्ष सापकोटाले जानकारी दिए ।