काठमाडाैं, पुस २७ –
देशका केही स्थानमा शनिबार राति (आज) र आइतबार (भोलि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा उक्त प्रणालीको प्रभावमा सुरु भइसकेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को अवस्था रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।