काठमाडौं, पुस २७ –
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकार लामो समय चलेको दृष्टान्तहरू पनि रहेको बताए।
‘विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ। यो पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ,’ उनले भने।
ठूला पार्टी मिलेर सरकार बनाउँदै गर्दा जनताले बेनिफिट पनि पाउनुपर्ने उनले बताए।