काठमाडौं, पुस २७ –
रोल्पाबाट सुन्तला बोकेर दाङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
चालक माडी गाउँपालिका– १ भित्तावाङका २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको रोल्पा प्रहरीले बताएको छ।
शुक्रबार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका–४ सिमपानीमा लु १ च ८६८७ नम्बरको सुन्तला बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना हुँदा झन्डै २५ मिटर तल खसेको थियो।
उक्त जिप माडी गाउँपालिका– १ पेदीखोलादेखि सुन्तला बोकेर तुलसीपुर आउँदै थियो।