काठमाडाैं, पुस २६ –
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । आगलागीमा परेर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।
बीबीसीका अनुसार अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे स्पष्ट जानकारी छैन ।
यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो।
लस एन्जलसका मेयर करेन बासका अनुसार पश्चिमी पहाडहरूमा नयाँ आगो शुरू भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने सम्भावना छ ।
उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन् ।
आगो १९ हजार एकडभन्दा बढीमा फैलिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार