२५ पुस, काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।