२५ पुस, काठमाडौं-
सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित सभापति रवि लामिछानेलाई समेत अदालतले धरौटीमा छाड्न भनेको छ । उनलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न भनिएको छ ।
लामिछाने, जोशी लगायतलाई संगठित रुपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।