काठमाडौं, पुस २५ –
धादिङको गल्छी गाउँपालिका–४, बेल्खुमा ट्रक र हाइस एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक बिहीबार दिउँसो एकआपसमा ठोक्किएको थियो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।






