२४ पुस, काठमाडौं-
सल्यानमा एकैघरका नाबालिका दिदी-बहिनी मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-११ गलगौलमा ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।
घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।
‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।






