Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २२, २०८२
☰
Logo आइतबार, चैत २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ९. नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

  • १०. नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

बर्सेनि रेबिज आतङ्क खेप्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक, पुस २४ –
रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो ।

मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनायो ।

काभ्रेपलाञ्चोकमा चार वर्षपछि पुनः रेबिज रोगको सङ्क्रमणबाट मानिसको मृत्यु भएको हो । यसअघि उक्त सङ्क्रमणका कारण २०७६ देखि २०७९ सालसम्म तीन वर्षको अवधिमा काभ्रेपलाञ्चोकको छजनाको मृत्यु भएको थियो । कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमित महिलाको गत मङ्सिर २९ गते उपचारका क्रममा निधन भएको हो । उहाँका अनुसार कुकुरले टोकेका बारेमा परिवार आफन्तमा कसैलाई नभनेको र टोकेको केही दिनपछि बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराउँदा रेबिजको भाइरस भएको शङ्कामा टेकु अस्पताल रेफर गरिएको थियो । “टेकुमा उपचार गरिरहेको अवस्थामा करिब हप्ता दिनपछि ती महिलाको मृत्यु भएको खबर आयो”, उहाँले भन्नुभयो ।

सामुदायिक कुकुरको सङ्ख्या तुलनात्मक रुपमा बढिरहेकाले सावधानी अपनाउन स्थानीय तह स्तरमा समेत आग्रह गर्दै विशेष रुपमा निगरानी बढाइएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा रेबिजविरुद्धको विशेष सचेतना कार्यक्रम लैजाने तयारी भइरहेको छ । रेबिज सङ्क्रमणका बारेमा सचेतना गर्न, रेबिजबाट बच्न नागरिकलाई खोप सेवा लिन र रेबिज लक्षण भएका कुकुर, जङ्गली जनावर तथा अन्य पशु देखिए तत्काल खबर गर्न अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो ।

काभ्रेपलाञ्चोकमा यसअघि २०७७ मा असोजदेखि करिब चार महिना पशुचौपायामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । कार्यालयको तथ्याङ्कअनुसार त्यसलगत्तै मङ्सिरपछि रेबिजको आतङ्कका रुपमा फैलिएपछि करिब दुई वर्षको अवधिमा विभिन्न मितिमा चौँरीदेउरालीमा एक बालक र दुई पुरुष, पनौतीको कुशादेवीमा एक महिला र धुलिखेलमा एक युवा गरी पाँचजनाको मत्यु भएको थियो भने विसं २०७६ मा चौँरीदेउरालीमा एक पुरुषको मृत्यु भएको थियो ।

यस्तै, एक हप्ताअघि रोशी गाउँपालिका–४ महादेवटारमा एक भैँसीको मृत्यु भएको जनाइएको छ । कुकुरले टोकेको करिब २० दिनपछि भैँसी मरेको हो । भैँसी बिरामी भएको चार दिनपछि उपचारका लागि गाउँपालिका पशु शाखा खबर गरिएको र उपचारका क्रममै रेबिजका कारण भैँसीको मृत्यु भएको पत्ता लागेको थियो । भैँसीले टोकेको कुकुर बेपत्ता छ । केही दिनदेखि स्थानीयले कुकुरको खोजी गरेको भए पनि कुकुर फेला नपरेको शाखाले जनायो । उक्त भैँसी पालेको परिवारलाई रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रेबिज महामारी फैलन नदिन रेबिजको लक्षण देखिएका स्थानका नागरिक तथा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप अभियान सुरु गरिएको छ । रोशी गाउँपालिकामा अघिल्लो वर्ष रेबिजका कारण वडा नं ७ कटुञ्जे थानसिङ्गबेँसीमा करिब दुई दर्जन बाख्रा मरेका थिए । जिल्लाको अन्य स्थानीय तहमा पनि पशुमा रेबिज सङ्क्रमण देखिएको थियो । पशु सेवा कार्यालय धुलिखेलको प्रमुख वरिष्ठ भेटेरिनरी डा सिर्जा वाग्लेले रेबिज महामारी फैलन नदिन रेबिजको लक्षण देखिएका स्थानका नागरिक र सामुदायिक कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने अभियान सुुरु गरिएको बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा पहिलो चरणमा करिब चार सय सामुदायिक कुकुरहरुलाई खोप लगाइएको छ ।

यसअघि २०७९ सालमा महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा ल्याइरहेका बेला काभ्रेपलाञ्चोककै अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टी भएको थियो । उक्त वडामा मरेको एक कुकुरमा परीक्षण गर्दा रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका स्थानीय ३० नागरिक तथा करिब दुई दर्जन पशुचौपायालाई खोप लगाइएको थियो । त्यसअघि मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ वटा गाई मरेका थिए । आशङ्कामा जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले मरेका तीनवटा गाईको उत्खनन गरी परीक्षण गरेको थियो । त्यसबेला केही गाई बिरामी परेका थिए ।

सोही अवधिमा जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयलाई रेबिजविरुद्ध खोप दिएको थियो । गत साल मङ्सिरमै महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ वडाको गोकुले र ८ नं वडास्थित घर्तिछापका एक सय स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाले जनायो । शाखाका अनुसार मरेका पशुको मासु खाएका थप स्थानीयको खोजी कार्य गर्दै थप डेढ सय पशु चौपायालाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपन्छी शाखाले दैनिक निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले त्यसबेला गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै गरिएको थियो । साथै, मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेका सबैलाई रेबिजविरुद्धको खोप लगाइएको थियो ।

घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाउँदै आएको थियो । यस्तै २०७७ भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ स्थानीय व्यक्तिलाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो । केही वर्षदेखि लगातार रेबिज सङ्क्रमणबाट आतङ्कित भएपछि २०७९ भदौबाट काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा र मङ्सिरमा दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाबाट रेबिज खोप दिइएको थियो । भुम्लु र महाभारतका विभिन्न स्थानमा रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको हो ।

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण महाभारतका दुई गाउँमा दुई गाई मरेपछि मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ को गोकुले र ८ नं वडास्थित घर्तिछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा एक सय ६० डोज खोप रेबिज प्रभावित क्षेत्रमा उपलब्ध गराइएको थियो । मरेका दुई गाईका केही अङ्ग गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थयो । मरेका गाईको मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेका थिए ।

उक्त गाउँमा करिब एक महिनासम्म स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक ¥यालीको आयोजना गरे । साथै, गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशु चौपायालाई सुरक्षित गर्नेबारे समन्वय गरी त्यस समयमा रोकथाम गरिएको थियो । त्यसबेला काभ्रेपलाञ्चोकमा तीन महिनापछि पुनः महाभारतमा रेबिज रोग फेलापरेको थियो ।

त्यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको कार्यालयले जनाएको छ । त्यस बेलाका घटनाक्रमले काभ्रेपलाञ्चोकमा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको थियो । दुई वर्षअघि देखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै पनि आएको थियो ।

चिकित्सकका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । शत्प्रतिशत प्राणघातक मानिएको उक्त रोग लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिजको भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलोचाँडो मृत्यु निश्चित हुने गर्दछ । स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाहरुबीच ऐक्यबद्धता प्रकट गर्न सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । – रासस

Chitwan Aaja चितवन आज
बुधबार, पुष २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.