काठमाडौं, पुस २४ –
प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ ।
डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।
२२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् । जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको श्रीवास्तवले जानकारी दिए ।