काठमाडाैं, पुस २३ –
ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
सोमबार राति प्रोलिंक सोलुसन नामक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये केही भारतीय नागरिक छन् भने अरू नेपाली रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले दिए ।
उनीहरूको साथबाट ८५ वटा ल्याप्टप र मोबाइललगायत सामग्री प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आज म्याद थपगरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार