चितवन, जेठ २४ –
मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा चितवनको एरोटेक इन्टरनेशनल स्कुलमा दीप प्रज्वलन गरिएको छ ।
भरतपुरको रिजाल चोकमा अवस्थित स्कुलले स्कुल परिसरमा दीप प्रज्वलन गरेको हो । एरोटेकका सञ्चालक सुमन भट्टले एउटै फिल्ड भएकाले पनि उक्त घटनाबाट एरोटेक स्कुल परिवार निकै मर्माहत रहेको बताए ।
जेठ १५ गते आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै २२ जनाकै मृत्यु भएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा एयर होस्टेसका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । एरोटेक कलेजले एयर हेस्टेस र क्याबिन क्रियुलगायतका एयरसम्बन्धी कक्षाहरु सञ्चालन गर्दे आएको छ ।