२१ पुस, काठमाडौं-
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालत पुगेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जना विरुद्ध मुद्दा दर्ता गराएको हो ।
३९ जनामध्येका एक रास्वपाका सभापति रवि लामिछाने रहेका छन् । उनलाई पनि मुख्य अभियुक्त बनाइएको छ ।
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।