सर्लाही, २० पुस-
सर्लाहीमा इँटा व्यवसायीको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ ।
हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव शनिबार उखुबारीमा गाडेको अवस्थामा फेला परेको हो ।
परिवारजनका अनुसार उनी पाँचदिनदेखि बेपत्ता थिए । खोजीको क्रममा आज हरिवन नगरपालिका–१० मा रहेको उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।
प्रसाईं यही पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान ‘बरहथवा पैसा लिन जान्छु’ भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी गरेका थिए ।
कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार