काठमाडौँ, २० पुस :
काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
युवतीको मृत्युको कारण अझै खुलेको छैन । देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गएको बुधबार फेला परेको थियो ।
सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । सँगै होटेलमा बसेका देवबहादुर त्यस दिनयता फरार थिए । देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार