धनगढी, पुस २० –
कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागू औषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
रानाले चलाएको से४प६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका-२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी-१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी-६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ ।