काठमाडाैं, पुस १९ –
लमजुङमा होटलको कोठाभित्र एक जना मृत फेला परेका छन् ।
मर्स्याङ्दी गाउँपालिका- ३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका- २ बस्ने ४६ वर्षीय कृष्णबहादुर बस्नेत शुक्रबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनी बेसीशहर नगरपालिका- ७ मनाङचौतरास्थित एक होटलको कोठा नम्बर १०५ मा मृत भेटिएका हुन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।