चितवन, पुस १९ –
भरतपुर महानगरपालिका–९ बसन्त चोकमा दूध बोक्ने ट्यांकरको ठक्करबाट बाटो काट्दै गरेका एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
बिहीवार बेलुका ६ः२५ बजेको समयमा बागमती प्रदशे०१–००४ क ०५४९ नम्बरको ट्याङ्करले बाटो काट्दै गरेका भरतपुर–११ नौरङ्गी बस्ने वर्ष १९ की सापुरा कुँवरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्यांकरको ठक्करबाट कुँवरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । घाइतेका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।