काठमाडौँ, पुस १४-
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार सकिनेछ । त्यसलगत्तै थुनछेक बहस सुरु हुने एक अधिवक्ताले जानकारी दिए ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईंको सहकारी ठगीबाहेक संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
फरकफरक कसुरमा बयान लिँदा उनीहरूलाई बढी समय लागेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार