काठमाडौं, पुस १४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् ।
आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।
साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे ।
‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने ।
उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार