८ पुस, काठमाडौं-
रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ ।
पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो ।
तर सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






