काठमाडौं, पुस ७ –
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार १०० र चाँदी ३० रुपैयाँले बढेको छ ।
गएको शुक्रबार प्रतितोला एक लाख ४८ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आजका निम्ति एक लाख ४९ हजार ६०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार हुनेछ । – रासस