४ पुस, काठमाडौं-
काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।
टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । उक्त घर पूर्णत जलेको छ ।
आगलागीले छरछिमेकसमेत प्रभावित भएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।






