४ पुस, जनकपुरधाम
धनुषामा बोराभित्र एक जनाको शव सडेगलेको अवस्थामा फेला परेको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






