२९ मंसिर, धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
शनिबार साँझ पौने ६ बजे बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुंगामा दुर्घटना भएको हो।
दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए।
घाइतेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे छन्।
त्यस्तै काभ्रेको बनेपा नगरालिका-७ का ३१ वर्षीय सुकराम कार्की र ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका- १ का ४२ वर्षीय राजनकुमार दास छन्।