काठमाडौं,मंसिर २८,
तेलुगु अभिनेता अल्लु अर्जुनलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा एक जनाको मृत्यु भएको घटनामा अनुसन्धान गर्न प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको थियो।
पक्राउ परेका उनलाई अपराह्न अदालतमा पेश गरिएको थियो।
गत डिसेम्बर ४ मा अल्लु अर्जुन चलचित्र ‘पुष्पा( २’ को प्रिमियरको क्रममा थिएटरमा पुग्दा उक्त घटना भएको थियो।
प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अल्लु अर्जुन पूर्वसूचना नदिएरै कार्यक्रममा पुग्दा घटना भएको बताइएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार