२७ मंसिर, काठमाडौं –
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको यसै अवधिका तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण (रेमिट्यान्स) आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।
चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ रहेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ छ । दुवैगरी २ लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार