चितवन, मंसिर २२
भरतपुर महानगरपालिका–२ आँपटारीमा श्रीमानको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय मिलनटोल बस्ने चित्रमान राइले आफ्नै श्रीमति ७० वर्षीय ललिता राईलाई आज बिहान ४ः५० बजे सुतिरहेको अवस्थामा काठ तास्ने बसिला प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
गम्भीर घाइते ललिताको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । श्रीमतिलाई कुटपिट गर्ने चित्रमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललिताको उपचारमा संलग्न छिमेकी रिना भट्टका अनुसार श्रीमतिले पैसा नदिएपछि चित्रमानले कुटपिट गरेका हुन् । श्रीमान श्रीमतिबीच घरायसी झगडा भइरहने गरेको भट्टले बताइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार