चितवन, मंसिर २०–
उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहेका विद्यार्थीहरुलाई कसरी ती ठाउँसम्म पुग्ने भन्ने अन्यौलता रहन्छ । त्यो अन्यौलता एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले बुधबार आयोजना गरेको शैक्षिक मेला ‘युएसए क्यानडा हायर एडु कन्क्लेभ’ले हटाई दिएको छ ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’ भरतपुरमा भएको कार्यक्रममा त्यही अन्यौलता मेटाउन विद्यार्थीहरुको भिड लागेको थियो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको शैक्षिक मेलामा विद्यार्थीहरु उत्साहित हुँदै आफ्ना जिज्ञासा राख्दै समाधानका उपाय खोजेका थिए । मेलामा युएसएका १४ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु र क्यानडाका १३ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो–‘विद्यार्थीसंगै अभिभावकहरुको उपस्थिति पनि राम्रो थियो, सबैले प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग परामर्श लिन पाएकोमा सबै खुशी थिए ।’ ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला झनै फलदायी बनेको उहाँले बताउनुभयो ।
मेलामा सहभागि विद्यार्थीहरुले शैक्षिक परामर्श मात्रै लिन पाएनन् उनीहरुले विभिन्न उपहार जित्ने अवसर समेत पाए । विद्यार्थीहरुलाई हात खाली नजाने उपहारको व्यवस्थाले झनै उत्साहित बनाएको थियो । विद्यार्थीहरुले पेन, छाता, मुभी टिकेट, कपाल काट्ने तालिम, ड्राइभिङ तालिम, स्वास्थ्य प्रयोगशाला परीक्षणमा विशेष छुटको कुपन प्राप्त गरेका थिए । एक्सपर्टले विभिन्न समयमा यस किसिमको मेला आयोजना गरेर विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई, स्याट र डुलिङगो तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।