काठमाडौं, मंसिर १८
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्।
मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्।
भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।