काठमाडौं, कात्तिक १९-
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ग्यास कारखानामा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।
काबुलको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो । आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले ६ जनाको मृत्यु भएको र नौजना घाइते भएको पुष्टि गरेका छन् ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण आउन बाँकी रहेको स्रोतले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।