चितवन, कात्तिक १६-
भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–२२ बस्ने वर्ष ३१ को अशोक भुजेल रहेका छन्।
गएराति करिब १ बजेको समयमा बागमती प्रदेश०२–०५१ प १०२१ नम्बरको मोटरसाइल अनियन्त्रित भई पल्टिँएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका भुजेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ । मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर–२२ बस्ने २२ वर्षीय सुदिप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।