चितवन, कात्तिक १०-
चितवन, नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो ।
सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ ।
माडी निवासी क्षेत्री पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका थिए । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ ।