चितवन, १० कात्तिक
रास्वपाको प्रदर्शनमा सहभागी हुन चितवनबासीलाई रवि पत्नी निकिता पौडेलले आग्रह गरेकी छन्। पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशाेधका आधारमा झुटा मुद्दा लगाएर फसाउन खोजिएको उनले बताएकी छन्।
शुक्रबार राति निकिताले आफ्नै सामाजिक संजालमा लेखेकी छन्, “आत्महत्या दुरुत्साहनकाे अभियाेग लागेका बेला चितवनले मेराे श्रीमान् रवि लामिछानेलाई न्याय दियाे। दुई-दुई पटक सांसद निर्वाचित गराएर निरन्तर न्याय गर्याे। अहिले फेरि उहाँलाई राजनीतिक प्रतिशाेधका आधारमा झुटा मुद्दा लगाएर फसाउन खाेजिदै छ। विश्वास छ, यसपटक पनि चितवनले न्यायकाे लडाइँमा अभूतपूर्व साथ दिनेछ।”
नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपा चितवनले निरन्तर आन्दोलन गर्दै आएको छ ।
आज पनि रास्वपाले सरकार विरुद्द आन्दोलन गर्दैछ। आन्दोलन १ बजे भरतपुरको लायन्स चाेकबाट सुरु गर्ने रास्वपा चितवनले जनाएको छ ।