भरतपुर, १९ जेष्ठ –
चितवनको भरतपुरमा दुई दिने शेयर बजार तालिम बिहिबार शुरु भएको छ । धावन रिक्रियशन मा जारी तालिममा शेयर बजारका बिज्ञ सुवास चन्द्र भट्टराई प्रमुख प्रशिक्षक रहनु भएको छ । तालिममा भट्टराईले शेयर बजारबारे आधारभुत ज्ञान दिनुहुने छ ।
माडी जेसिस र स्वस्तिक नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा चितवन उध्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, नेपाल जेसिसका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् धावन रिक्रियशनका अध्यक्ष सुदिप सिंह अधिकारी, शेयर बिज्ञ अमर कुवर लगाएतको उपस्थिती रहेको थियो ।
माडी जेसिसका महासचिव सुवास गौतमले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता माडी जेसिसका अध्यक्ष शोभाखर अधिकारी र स्वस्तिक नेपालका अध्यक्ष राजन अधिकारीले संयुक्त रुपमा गर्नुभएको थियो ।