चितवन, ९ कात्तिक
पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपा चितवनले आज पनि बिरोध प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले शुक्रबार प्रदर्शन गरेको हो । भरतपुरको हाकिम चोकबाट र्याली सुरु गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘कर छल्नेलाई कारबाही गर’, ‘मिडिया ट्रायल बन्द गर’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’ लगायतका नारा लगाए ।
रास्वपाले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।