कात्तिक ५, चितवन-
चितवनमा टेनिस खेलाडीको लागि व्यवसायिक प्रशिक्षण शुरु भएको छ । सन् २०२१ देखि प्रशिक्षण दिंँदै आएको भरतपुर – स्थित प्रिमियर टेनिस एकेडेमीले चितवनका टेनिस खेलप्रेमीलाई लक्षित गर्दै व्यवसायिक प्रशिक्षण शुरु गरेको हो ।
भरतपुर– ९ स्थित एकेडेमीको खेल मैदानमा बिहान र बेलुकाको सिफ्टमा प्रशिक्षण शुरु गरिएको एकेडेमीका प्रशिक्षक कुमार जंग क्षेत्रीले जानकारी दिनुभयो । चितवनमै व्यवसायिक प्रशिक्षण दिन र यस खेलको प्रर्वद्धन गर्ने उद्धेश्य सहित टेनिस खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक क्षेत्रीले बताउनुभयो ।
‘हामीले बिशेषगरी सबै उमेर समुहलाई लक्षित गरी प्रशिक्षण शुरु गरेका छौं, उहांँले भन्नुभयो, चितवनमा रहेका जुनसुकै खेलप्रेमीलाई प्रशिक्षणको लागि स्वागत छ ।’
आगामी दिनमा पनि प्रशिक्षणलाई निरन्तरता दिदैं खेलाडी उत्पादनमा आफू लागि पर्ने प्रशिक्षक क्षेत्रीको भनाई छ । विद्यार्थीहरुको निःशुल्क खेल प्रशिक्षणको लागि भने टुएमबी फाउण्डेशनले सहयोग गरिरहेको छ ।