• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असार २३, २०८२
☰
सोमबार, असार २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक अनिश्चितकालका लागि स्थगित

    भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

    एसईईमा १ लाख ६७ हजार परीक्षार्थी भए फेल

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    एसइईको नतिजा सार्वजनिक

    लोकप्रिय समाचार

    • १. हेर्नुस् आज मिति २०८२ असार १८ गते, बुधवारको राशीफल

    • २. प्रोजेक्ट लाइब्रेरीको समुद्घाटन तथा हस्तान्तरण

    • ३. पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

    • ४. हेर्नुस् आज मिति वि.सं २०८२ असार १९ गते बिहिबारको राशीफल

    • ५. चितवनमा १५ वटा कन्सलटेन्सी अवैध रुपमा सञ्चालन

    • ६. नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

    • ७. एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    • ८. भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण

    • ९. बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

    • १०. सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

    जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

    फाइल तस्बिर

    मलेखु, असोज २३-
    सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ ।

    कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्नुहुन्छ, “जो कोही पनि सहजै यात्रा गर्न सक्नुहुन्छ । कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईको साथमा छौँ ।”

    एक साताअघि चार दिन निरन्तर परेको वर्षात्का कारण पाइलैपिच्छे झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ । सडक विस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिँजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नुपर्छ । हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

    दुईपाङ्ग्रे मोटरसाइकल–स्कुटरदेखि चार पाङ्ग्रे कार जिपसँगै ठूला यात्रु बस र दस, बाह्र, चौध पाङ्ग्रे ट्रकसम्म सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन । दसैँ मनाउन घर फर्किनेको भीडले पृथ्वी राजमार्ग रातदिन नै व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नुअघिदेखि नै सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानको निरीक्षणमा खटिनुभएका प्रहरी उपरीक्षक शाही बताउनुहुन्छ, “यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।”

    त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुङ्गासम्म यतिबेला अत्यधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिँड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । रातिको समयमा भने ठूला सवारीका चालक पनि अनुमानको भरमा सवारी चलाउन बाध्य छन् । पानी पर्‍यो भने त्यही धुलो लेदो हिलोमा परिणत भएर चिप्लो हुने निश्चित छ । फाटिएका सडक भासिनसक्ने खतरा पनि उस्तै छ ।

    धुलोले रङ्मङगिएको बेला जथाभावी उछिन्न खोज्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पीपलमोड, झ्याप्ले खोला, गणेश मन्दिरलगायत अप्ठ्यारा स्थानमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रुपमा ‘डयुटी’ गरिरहेको छ ।

    साना तथा हलुका अधिकांश सवारीले धार्के–सीतापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गँगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्ने र त्यही सडक प्रयोग गरेर काठमाडौँबाट बाहिरिने सवारीको सङ्ख्या पनि कम छैन । पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौँडा निस्कने सडक मर्मत भएपछि पनि नागढुङ्गा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौती पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

    नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ । सडकमाथि भित्ताबाट सडकमा खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागङ्गा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।

    नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा भएका सबै पहिरो गन्न सकिने अवस्था छैन । करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिनेगरी पहिरो झरेका स्थान, निर्माणाधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।

    पृथ्वी राजमार्गमा दैनिक कति सवारी गुड्छन्?

    नागढुङ्गाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकीन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वका बेला २० हजारसम्म सवारी आवतजावत हुने अनुमान छ । निजी सवारीबाहेक चौबिसै घण्टा सबै सवारीको नम्बरसहित तथ्याङ्क राख्ने महानगरीय प्रहरी प्रभाग नागढुङ्गासँग पनि नौबिसे नागढुङ्गा खण्ड हुँदै दैनिक कति यात्रुवाहक र मालवाहक सवारी आवतजावत गर्छन् भन्ने तथ्याङ्क छैन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खान भन्नुहुन्छ, “हामीसँग ठ्याक्कै तथ्याङ्क छैन । नागढुङ्गा र धादिङले नै यसको अनुमान लगाउन सक्छ ।” रासस

      Chitwan Aaja चितवन आज
      बुधबार, असोज २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते
      गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय
      जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

      ताजा समाचार

      सबै

      गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

      गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

      जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

      हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

      जन्मदिनमा ज्ञानेन्द्र शाहले भने,– यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो

      फरार रहेका जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति : मधेश एक दिन नेपालबाट अलग हुनेछ

      कांग्रेस-एमाले मिलेपछि स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री

      माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

      अमेरिकाको टेक्सासमा भीषण बाढी : ७८ जनाको मृत्यु, ४१ बेपत्ता

      नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने

      नेपाल चिकित्सक संघले रोक्यो आज देशभर आकस्मिक बाहेकका सेवा

      प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

      आजको मौसम : वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

      सोमबार कुन राशिका लागि शुभ ?हेर्नुस् आजको राशीफल

      समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी

      अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      एपेक्स कलेजमा पढ्ने १२ का विद्यार्थीले मनाए गुरु पूर्णिमा, गुरुहरु हर्षित

      नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्वाचनमा पीबी ग्रुपका खेम चुनावी मैदानमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      बिसहजारी ताल नजिक एक महिला मृत फेला

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        हेर्नुस् आज मिति २०८२ असार १८ गते, बुधवारको राशीफल

      • २.
        प्रोजेक्ट लाइब्रेरीको समुद्घाटन तथा हस्तान्तरण

      • ३.
        पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

      • ४.
        हेर्नुस् आज मिति वि.सं २०८२ असार १९ गते बिहिबारको राशीफल

      • ५.
        चितवनमा १५ वटा कन्सलटेन्सी अवैध रुपमा सञ्चालन

      • ६.
        नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.