परासी, असोज १३-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुवानमा परेका हुन् ।
नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् ।
आज बिहान बाढी डुवान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए ।
सरावल गाउँपालिकाको वडा नं ६ मा बाढीका कारण संयौं विघामा लगाइएको धानबालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिव ११ सय विघामा लगाइएको धानबालीमा क्षति पुगेको हो ।