काठमाडौं, असोज १३ –
स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।