भरतपुर,असार १३-
चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।
असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको प्रालिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिनुभयो ।
काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको छ ।
पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्काे भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न नसकेको प्रहरीले जनाएको छ।
शनिबार राती पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा लेदो सहितको पहिरो जाँदा सवारी साधन पुरिएको थियो । राती नै एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।